जनतालाई सुविधा हुने गरि सडकको विकासमा जोड दिन प्रदिप पौडेलकाे सरकारलाई आग्रह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौंको सडक पटक पटक भत्काउनुमा अन्तर मन्त्रालय समन्वय अभाव भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘खानेपानीको पाइप विछ्याउनेदेखि विजुलीको तार भूमिगत गर्ने नाममा सडक बारम्बार खनिएको र ‘फुटपाथमा निर्माण सामग्री राखेर अस्तव्यस्त बनाइएको पौडेले बताए । यस्तो अवस्थामा खर्चको सिमा र विकासको गति पनि पछि पर्ने भएकाले एक अर्कामा सहकार्य आवश्यक रहेको बताएका छन् ।
सडकको निर्माणमा गुणस्तरीय र भरपर्दो नबेको प्रति आपति जनाएका छन् । जनतालाई सुविधा हुने गरि सडकको विकासमा जोड दिन पौडेलले सरकरलाई आग्रह गरेका छन् ।