नेपाल बैंकको नयाँ शाखा गोंगबुमा


काठमाडौं । नेपाल बैंकले काठमाडौंको टोखा नगरपालिका ९, गोंगबुमा शाखा खोलेको छ । यससँगै बैंकका शाखा संख्या २२८ पुगेका छन् । शाखा कार्यालयको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी र टोखा नगरपालिका ९ का अध्यक्ष रामभक्त घिमिरेले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा सीईओ अधिकारीले स्थानीय जनता तथा संघसंस्थाको धेरै पहिलेदेखिको अनुरोधलाई मनन गरेर गोंगबु शाखा खोलिएको र टोखा नगरबासीलाई प्रतिस्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैंकिङ सेवा दिने गरी नेपाल बैंक आएको बताए । त्यस्तै, अध्यक्ष घिमिरेले स्थानीय स्तरमा बैंकहरुको कमी नभएको भए पनि नेपाल बैंकको आगमनले बैंकिङ क्षेत्रको विश्वसनीयता अभिवृद्धिमा सहयोग पुग्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *