भ्रष्टाचारमा लिङ्ग जोडिदैँन : डा. तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन ठूला दलहरु लागेको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभाको शून्य बोल्ःदै उनले भनिन,‘ सो अपराधमा संलग्न रहेका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्दा ठूला नेताहरुले बचाउने प्रयासमा लागेको उनले बताइन् ।

सांसदहरुले संघीय संसद सचिवालयमा आफ्नो सम्पत्ति विवरण बुझाएको उल्लेख गर्दै उनले वेबसाइट मार्फत सार्वजनिक गर्न समेत माग गरेकी छन् । सम्पत्ति कर तिरे नतिरेको विवरण समेत सार्वजनिक गर्नुपर्ने उनको माग रहेको छ ।

प्रतिनिधिसभाकै बैठकमा नेपाली कांग्रेसकी सांसद आरजु राणाले सबै सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न माग राख्दै आँफू गल्ति नगर्ने नराउने समेत अभिव्यक्ति
उनले दिएकी थिइन् । राणाको गुनासोतर्फ संकेत गर्दै डा. कार्कीले भ्रष्टाचारका विषयमा कुरा उठाउदा विभेद नहुने उल्लेख गरेकी छिन् । उनले भ्रष्टचारमा लिङ्ग नजोडिएको स्पष्ट पारिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *