अर्थमन्त्री महतले गरे प्रशासनिक खर्च घटाउने घोषणा
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले प्रशासनिक खर्च घटाउने घोषणा गरेका हु्न् । बुधबार प्रतिनिधिसभाको बैठकमा प्रिबजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफमा यस्तो घोषणा गरेका हुन् । ‘खर्च घटाउने ठाउँहरु खोजेर अगाडी बढ्ने बताउँदै बजेटलाई अझ स्पस्ट पार्ने समेत उनले बताएका छन् ।
नीति अनुसार चल्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्ने उनले बताए । ‘अनावश्यक ठाउँमा खर्च नगर्ने, गाडी नकिन्ने र पुरानैले चलाउने उनले बताएका छन् । पछिल्ला केही वर्षहरुमा अनावश्यक भवन बनाउने प्रतिस्पर्धा चलेको उल्लेख गर्दै वर्तमान सरकारले यस विषयलाई समेत ध्यानमा राख्ने उनको भनाइ छ ।
बिल्डिङ बनाउने प्रस्पिर्धामा विगतमा जस्तो यसपटक प्रतिस्पर्धाको वातावरण नहुने र भवन निर्माणमा पनि आवश्यक परेको अवस्था बुझेर मात्र अनुमति दिने अर्थमन्त्री महतले बताए ।
अर्थमन्त्री महतले भने, ‘ नेपालमा कोठाको साइज बढाइरहेका छौं । पश्चिमा मुलुकमा सानो अफिसमा ठूला अफिसर बसिरहेको हुन्छ कम्युटरको साथमा अब हामीले पनि त्यो वातावरण सिर्जना गर्नुपर्ने हुन्छ । सार्वजनिक खरिद ऐनमा देखिएको समस्या समाधानका लागि सरकारको योजना रहेको उनले बताए ।