आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको एकिकृत कारोबार


काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले मर्जर प्रक्रिया सम्पन्न गरेर आज देखि एकिकृत कारोबार सुरु गरेका छन् । आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु भएको हो । दुवै कम्पनीको चैत्र २२ मा सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । यससँगै नेपालका दुई ठूला व्यवसायिक घराना बिशाल ग्रुप र आइएमई ग्रुपको लगानीको निर्जीवन बीमा कम्पनीमा देशकै धेरै चुक्तापूंजी भएको कम्पनी बनेको छ।

मर्जर पश्चात बनेको आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको चुक्तापुँजी ३ अर्ब २५ करोड पुगेको छ। दुवै कम्पनी एक बराबर एकको स्वाप अनुपातमा मर्ज भएका हुन्। मर्जर पश्चात बनेको आइजिआई प्रुडेन्सियलको प्रमुख कार्यकारी अधिकृतमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका सिईओ युगेशभक्त वादे श्रेष्ठ रहेका छन् भने अध्यक्ष हेमराज ढकाल भएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *