नेशनल लाईफ इन्स्योरेन्सले बोलायो साधारणसभा
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रताव पारित गर्न ३५ औँ वार्षिक साधारण सभा बोलाएको हो । इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा जेठ २२ गते केन्द्रिय कार्यालय लाजिम्पाटमा बिहान साढे १० बजे बस्नेछ ।
कम्पनीको सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले जेठ ११ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले साधारणसभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् ।