संसदमा राप्रपा सांसदले नाराबाजी गर्दै रोष्ट्रम घेरे

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राप्रपाका सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेरेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा राप्रपाका सांसदहरुले आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेर रोष्ट्रम घेर्दै नाराबाजी गरिरहेका हुन् ।

सभामुख देवराज घिमिरेले शून्य समयबाहेक अरु समय अहिलेलाई हटाउने समझादारी भएको बताउँदै बस्न आग्रह गरे पनि राप्रपाका सांसदहरु उठेर विरोध जनाइरहेका थिए ।

तर, सभामुख घिमिरेले शून्य समय सुरु भएको भन्दै विमला सुवेदीलाई बोल्न समय दिएपछि राप्रपा सांसदले रोष्ट्रम घेरेका हुन् । लगातार रोष्टममा राप्रपाका सांसदहरुले नाराबाजी गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *