तीनै तहका सरकारले महिला सशक्तिकरणका लागि पहल थाल्नुपर्छ : आरजु देउवा
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम सांसद आरजु (राणा) देउवाले तीने तहका सरकारले महिला सशक्तिकरणका लागि पहल थाल्नुपर्ने बताएकी छिन् ।
बिहिबार मकवानपुरको हेटौँडामा आयोजित प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशको आयोजना र सामुदायिक महिला विकास केन्द्र र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)को समन्वयमा आयोजित महिला सशक्तिकारणका लागि प्रदेश र स्थानीय सरकारको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हु्न् ।
साथै उनले प्रमुखअतिथिको आतिथ्यताका लागि धन्यवाद समेत अर्पण गरिन् ।सो कार्यक्रमा कांग्रेसका केही सांसदहरुको उपस्थिती रहेको थियो । बागमती प्रदेश र स्थानीय सरकारले महिलाहरुको आर्थिक सशक्तिकरणका लागि आवस्यक पहललाई निरन्तरताका साथ अगाडी बढाउने विश्वास लिएको सांसद देउवाले बताइन् । सांसद देउवा आजै बारा जाँदैछिन् ।