दुईवटा जहाज खरिद गर्न गठित उपसमितिले थाल्यो काम

काठमाडौं । नेपाल वायुसेवा निगमले सहरी क्षेत्रका एयरपोर्टमा उडान भर्न सक्ने दुईवटा जहाज खरिद गर्न लागेको छ । त्यसका लागि उसले वरिष्ठ क्याप्टेन सुधिरशमशेर राईको संयजोकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ ।

निगमले नेपालको प्रादेशिक (अन्तर प्रदेश) हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले सहरी क्षेत्रका एयरपोर्टमा उडान भर्न सक्ने दुईवटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाउन विशेष पहल गरी यथाशक्य छिटो त्यस प्रकारका जहाज खरिद कार्यका लागि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको वैशाख २६ गतेको सञ्चालक समितिको वैठकले उपसमिति गठन गरेको हो । उपसमितिले २१ दिनभित्र प्रतिवेदन वुझाउने गरी कार्यसमेत सुरु गरिसकेको जनाएको छ ।

सहरी क्षेत्रका एयरपोर्टमा चल्ने जहाज नभएको कारण निगमले हाल सहरी एवं व्यापारिक हिसावले फाइदाजनक क्षेत्रमा उडान भर्न नसकेको जनाएको छ । निगमले दुईवटा जहाज खरीद गरेपछि काठमाडौ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढीलगायत नेपालका सहरी क्षेत्रबाट प्रादेशिक उडान भरी धेरै यात्रुहरुलाई सेवा प्रदान गर्न सकिने विश्वास लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *