ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमाले केन्द्रीय कमिटी बैठक जारी
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।
आज बाट सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटीको बैठक तीन दिनसम्म चल्ने भएको छ । उक्त बैठकबाट विभिन्न १० वटा कार्यसूचीमा छलफल हुने जनाइएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुट अभियानको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका कार्यसुची समेटीएको छ ।