शरणार्थी प्रकरणमा को–को संलग्न छन भन्नेबारे चार गते बोल्छु : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका छन् । बिहीबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो प्रकरणमा आफुले तथ्यहरु खोजिरहेको भन्दै जेठ चार गते संसदमा बोल्ने क्रममा त्यो तथ्य खोल्ने बताएका हुन् ।

‘सम्भवत म चार गते पार्लियामेन्टमा बोल्छु । चार गते मैले संसदमा बोल्ने बेलासम्ममा कुन शरणर्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो ? कसले पठायो ? को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोशिस गर्छु’, ओलीको भनाइ छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०४७ सालयताका सबै भ्रष्टाचारको छानबिन हुनुपर्ने बताएका छन् ।

च्यासलस्थित पार्टी मुख्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा फिल्म देखाउन बाँकी नै रहेको बताए । ‘भ्रष्टाचार नियन्त्रण गरौँ भनेर लड्दै आएको लडाइँ हो । अहिले आएर बल्ल अगाडि बढेको छ । त्यसमा म खुसी नै छु,’ उनले भने, ‘प्रधानमन्त्रीले भनेको फिल्म देखाउन अझै बाँकी नै छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *