शरणार्थी प्रकरणले अन्य राजनीतिक घटनाक्रम ओझेलमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली राजनीति गिजोलिएको छ । आममानिसमा यो प्रकरणबाहेक अन्य घटनाक्रममा चासो देखिन छाडेको छ । नेपाली कांग्रेस र एमालेका प्रभावशाली नेताहरू नै मुछिएपछि अब के हुन्छ रु को को संलग्न छन् रु भन्ने चासोका कारण अन्य गतिविधि ओझेलमा परेका हुन् ।

शरणार्थी प्रकरणमा आफ्नो पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँण पक्राउ परेपछि नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बिहीबार बस्दैछ । बुधबार साँझको बैठक विनानिष्कर्ष टुंगिएकाले आज पुनः बैठक बस्न लागेको हो ।

बैठकले खाँणको पद निलम्बन गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने भएको छ । प्रमुख प्रतिपक्षी एमालेको बैठक पनि आज बस्दैछ । एमालेले तीन दिनसम्म बैठक राख्ने भएको छ । एमालेले सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरिसकेको छ । तर उनी अझै फरार रहेकाले कहिले पक्राउ पर्छन् भन्ने सबैको चासो देखिएको छ । कांग्रेस र एमालेको बैठकभन्दा पनि शरणार्थी प्रकरणमा को को मुछिने हुन् भन्ने धेरैमा चासो देखिएको छ ।

गिरोहका सदस्यहरूको पहुँच कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूसँग रहेकाले पनि ठूल्ठूला नेता पक्राउ पर्नसक्ने आशंका गरिएको छ । सानु भण्डारी भन्ने गिरोहका सदस्य माओवादी क्याडर हुन् । उनले योजनाबद्ध ढंगले काम गरेको देखिएको छ । र, उनी कांग्रेस र एमालेका स्वार्थी नेता सबैको राजनीतिक भविष्य सिध्याउने अभियानमा देखिएका छन् । त्यसैले पनि अहिले दुवै दलका शीर्ष नेता तनावमा परेका हुन् ।

उनले विगतमा माओवादीमा रहेका रामबहादुर थापा बादल र टोपबहादुर रायमाझी, दुवैका छोरा प्रतीक थापा, सन्दीप रायमाझी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँगको साँठगाँठमा ठगीधन्दा चलाएको देखिएको छ । त्यही भएर पनि अहिले अन्य राजनीतिक घटनाक्रमप्रति धेरैको चासो नदेखिएको हो ।

अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईदेखि केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, बादलकी श्रीमती नैनकला थापासमेत मुछिएकाले धेरैको सातो गएको हो । अझ कांग्रेस नेतृ आरजु देउवा र मञ्जु खाँणले पैसा लिएको भन्दै सामाजिक सञ्जालमा अडियो टेप सार्वजनिक भएपछि यो काण्डले राजनीति नै तरंगित बनाएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *