अमेरिका पठाइदिने भन्दै १५ लाख ठगी गर्ने ओम शाक्य पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका वार्ड नं १३ कालिमाटीबाट अमेरिका पठाइदिने भन्दै १५ लाख लिएर फरार भएका ५६ वर्षीय ओेम शाक्यलाई प्रहरीले पक्राउ गरेको छ ।

अमेरिकामा मासिक २ लाख आम्दानी हुने भन्दै पिडितबाट पटक–पटकगरि १५ लाख रुपैँया लिएर फरार भएका शाक्यलाई प्रक्राउका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा निवेदन परेकाे थियाे ।

निवेदन परेपछि अनुसन्धानका लागि खटिएको विशष प्रहरीको टोलीले फरार रहेका आरोपितलाई पक्राउ गरेको प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिए । आरोपित शाक्यलाई अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *