गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता, लिए नवनियुक्त मन्त्रीले सफत
काठमाडौं । गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रबार थप ४ मन्त्री नियुक्त गरेपछि गण्डकी प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । नेपाली कांग्रेसबाट ३ र नेकपा माओवादी केन्द्रबाट १ मन्त्री नियुक्त भएका छन् ।
कांग्रेसबाट मन्त्री बन्नेमा महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा, जित प्रकाश आलेमगर रहेका छन् । यस्तै माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली मन्त्रीमा नियुक्त भएका छन् भने दिपक मनाङेको नाम लिस्टबाट हटेको छ ।
यस्तै गण्डकी प्रदेशका नवनियुक्त ४ मन्त्रीले सपथ लिएका छन् । मन्त्रीमा नियुक्त भए लगतै उनीहरुलाई गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको शपथ गराएका हुन् ।
गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएलगतै सुरेन्द्रराज पाण्डेले वैशाख १५ गते कांग्रेसकी सरस्वती अर्यात तिवारी र माओवादीकी सुशीला सिंखडालाई मन्त्रीमा नियुक्त गरिसकेका छन् ।
यो सगैँ गण्डकी प्रदेश सरकारमा ७ सदस्य मन्त्रीमण्डल विस्तार भएको छ ।