ॐ हस्पिटलको सिन्धुपाल्चोकमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर


काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा एकदिने बृहत निःशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गर्ने भएको छ ।
नयाँबर्षको अवसर पारेर ॐ हस्पिटलले बाह्रविसे हरिमाया फाउण्डेशन र वाह्रविसे नगरपालिकासँगको सहकार्यमा बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रमा भोली बैशाख ३० गते शनिबार स्वास्थ्य परिक्षण शिविर सञ्चालन गर्न लागेको हो । अस्पतालले रेडियोलोजी, सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रशुतीरोग, मुटुरोग, छाति तथा स्वासप्रस्वास रोग, दन्तरोग, हाड जोर्नी, चर्म तथा यौनरोग, मनोरोग तथा फार्मेसी सेवा लगायतका विषयहरुमा ३० जना भन्दा बढी विशेषज्ञ चिकित्सक सहित शिविर सञ्चालन गर्न लागेको हो ।

शिविरमा स्वास्थ्य परिक्षण गर्न आउने सम्पूर्णलाई निःशुल्क स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी उपलब्ध गराइने ॐ हस्पिटल संचालक समितिका अध्यक्ष समेत रहएका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठले जानकारी दिए । शिविरमा वरिष्ठ चिकित्सकहरुद्धारा स्वास्थ्य परिक्षण गरिनुका साथै केहि अत्यावश्यकीय परिक्षण र परामर्श गर्न सकिने ब्यवस्था मिलाइएको र थप उपचारका लागि काठमाडौंस्थित ॐ हस्पिटलमा विशेष छुट समेत प्रदान गरिने ॐ हस्पिटलका मेडिकल डाइरेक्टर डा. हरिश जोशीले बताए । ॐ हस्पिटलले आगामी दिनहरुमा पनि स्वास्थ्य सेवामा सहज पहुँच नभएका समुदाय लक्षित निःशुल्क स्वास्थ्य शिविर लगायत विभिन्न सचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गर्दै जाने जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *