नेपाली भाषा–साहित्यका २०१ जनालाई ‘नइ कीर्ति रत्न’अलंकारले विभूषित


काठमाडौं । नइ प्रकाशनले काठमाडौंमा आयोजित कार्यक्रममा २०१ स्रष्टालाई ‘नइ कीर्ति रत्न’ अलंकारले विभूषित गरेको छ । प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई, प्रा।. मुकुन्दशरण उपाध्याय, समालोचक प्रा. डा. वासुदेव त्रिपाठी, भद्रकुमारी घले र प्राज्ञ वैरागी काइँलाबाट स्रष्टालाई ‘नइ कीर्ति रत्न’ प्रदान गरिएको थियो । नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि मन, वचन र कर्मबाट पुर्‍याइएको विशिष्ट योगदानको कदर गर्दै नेपाली भाषा–साहित्यका २०१ स्रष्टालाई उक्त अलंकारद्वारा विभूषित गरिएको हो ।

यसरी विभूषित हुनेमा अशेष मल्ल, मोहन दुवाल, प्रा. डा. उषा ठाकुर, प्रा. डा. गार्गी शर्मा, गोविन्द गिरी प्रेरणा (अमेरिका), टेकनारायण रिमाल कौशिक (म्यानमार), डा. तुलसी भट्टराईलगायत स्रष्टा छन् । सोही अवसरमा भगवती बस्नेतद्वारा सम्पादित ‘नइ कीर्ति लय’ र ‘नइ प्रकाशन कीर्ति र आकृति’नामक दुई ग्रन्थको लोकार्पण समेत गरिएको नइ प्रकाशनले जानकारी गराएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *