एकजोर बचन र मायाँ देउ

हामिले केही मागेका छैनौ । हे बाबू ।
एकजोर बचन र मायाँ देउ
त्यो पनि तिम्रो पौरखले भ्याउंदैन भने
हाम्रै पौरख देउ ।
तिमी जन्मदा खुसिको सिमा थिएन
घर परिवार मात्र नभई सवैले खुसि भाव कति वर्षाएका थिए । त्यो समय तिमिलाई के थाहा ।
घरमा स्वर्गै छाए जस्तो थियो । मिठो मसिनो जे खाउँ सवैमा हसिला रुपले दिनहरु बिनति रहेको थियो
किनकि हामिले तिमिलाई जन्म दिई हुरकाई बढाई कर्म दिएर पौरखि बनायौं
सुन्दर सपना बोकेर अघि बढायौ
बस हामिलाई त्यति भए पुग्छ बाबु ।
तिमिले अरु केही दिनु पर्दैन ।
हाम्रो मन महिलो र झुम्रो भै सक्यो धुने बेला भो अब ।
त्यसैले हाम्रो यो मनलाई सफा गरि पखालि दिने
एकजोर मायाको सावुन किनि देउ बाबु ।
त्यो पनि हाम्रा लागि तिमी सक्दैनौ भने
हाम्रै तिम्रो मनमा सजिएको मायाँको एउटा भए पनि साबुन देउ ।
थप साबुन दिन तिम्रो सामर्थले भ्याएन
ठिक छ बिस्मात नगर गुणगान गाउ ।
हामिले केही मागेका छैनो मात्र लौरि देउँ।
किनकि हाम्रा वयस्क जीवन ढल्कियो बाबु
त्यसैले सक्छौ भने हामिलाई एकजोर मायाँ र बचनको
लौरि देउ ।
त्यो पनि सक्दैनौ भने हामिले दिएको मात्र एउटै मायाको
लौरि देउ ।
बाबु हुनत हामी कहाँ जान सक्छौ र तैपनि हामी दुवै बुढा बुढि पालै पालो मायाँको लौरो टेकेर हिडौला ।
एक अर्काको सहारा बनौला हुन्नर ।
बाबु हामि तिमिदेखि बिखुसि कहिल्यै हुदैनौ हुँदै हुदैनौ ।
तिम्रा पनि छोरा छोरि छन ,तिमी पनि हामी जस्तै पक्कै पनि वुढो हुन्छौ हेला ।
हामीले मरिसकेका बाबु आमालाई सम्झने छौ ।
त्यसैले मायाको लौरि तिमिलाई पनि चाहिएला
ऐले नै जोह गर है ।
किनकि हामिलाई यो अवस्था आउला भन्ने ज्ञान आएको थियो तापनि हामिले वुझ्न सकेका थिएनौ ।
त्यसैले तिमिले पनि मायाँको लौरि जोह गर है बाबु ।
बिन्ति छ । बिन्ति छ बाबु । बिन्ति छ । नबिर्स है ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *