नक्कली भुटानी शरणार्थी प्रकरण : म्याद थपका लागि पूर्वगृहमन्त्री खाँणसहित अभियुक्तहरु अदालतमा

काठमाडौं । आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित अन्य टोलीलाई पेश गरेको छ ।

पक्राृउ परेका आरोपितहरुको अनुसन्धानको प्रक्रिया अझ नसकिएपछि प्रहरीले उनीहरुलाई म्याद थपको अनुमतिका लागि अदालतमा उपस्थित गराएको हो ।

प्रहरीले यो प्रकरणमा पक्राउ परेकाहरुलाई अदालतमा पेश गरेपनि अहिलेसम्म म्याद थपको निर्णय भने आउन नसकेको काठमाडौँ जिल्ला अदालतका सुचना अधिकारी दिपक दाहालले जानकारी दिए ।

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई केहि समय अनु्सन्धानका लागि हिरासतमा राख्न माग गर्दै प्रहरी सो घटनामा पक्राउ परेका आरोपितहरुलाई लिएर अदालत पुगेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *