नक्कली शरणार्थी प्रकरणवारे चौधरीले दिए स्पष्टिकरण
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको स्पष्टिकरण दिएका छन् ।
पूर्वगृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण र दाङ घर भई काठमाडौं बस्ने सन्देश शर्मा रेग्मी पक्राउ परेपछि चौधरीको कनेक्सन जोडिएको भन्दै केही मिडियामा समाचार सार्वजनिक भएपछि मुख्यमन्त्री चौधरीको सचिवालयले विज्ञप्तिमार्फत स्पष्टिकरण जारी गरेको हो ।
गृहजिल्ला पुगेर चौधरीले शनिबार यस विषयमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । कांग्रेस नेता खाण पक्राउ परेपछि नेता चौधरी पूर्वनिधारित कार्यक्रम छाडेर काठमाडौं गएपछि झन् आलोचना बढेको थियो ।