बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीच भेटवार्ता जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताको नाम पनि मुछिएपछि दबाबमा परेका शीर्ष नेताबीच सदन सञ्चालन, संसदीय समिति गठनलगायतका विषयमा छलफल भइरहेको स्रोतले बताएको छ ।
तीनै नेताबीच शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्रपूर्वक अनुसन्धान गर्न दिने, कुनै हस्तक्षेप नगर्ने सहमति भइसकेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।