लुम्बिनी प्रदेश : मुख्यमन्त्रीद्धारा ३ मन्त्रीको नाम सिफारिस
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले मन्त्रिपरिषदमा ३ मन्त्रीको नाम सिफारिस गरेका छन् ।
मन्त्री चौधरीले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम २०८०/०१/१५ मा गठित मन्त्रिपरिषदको कार्यविभाजनका लागि ३ मन्त्रीको नाम सिफारिस गरेका हुन् ।
मुख्यमन्त्रीले चौधरीले आर्थिक मामिला मन्त्रालयमा धनबहादुर कार्की , सन्तोष कुमार पाण्डे र धर्मबहादुर चौधरीलाई विना विभागीय मन्त्रीमा सिफारिस गरेका छन् । मुख्यमन्त्री चौधरीले आन्तरिक मामिला कानून तथा सरकारी मन्त्रालयको जिम्मा लिएका छन् ।