संसदमा आरजु देउवाले भनिन्– फेक अडियोले मेरो चरित्र हत्या भयो, सत्यतथ्य परीक्षण होस्
काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले आफ्नो नाम जोडेर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको अडियोलाई प्रयोगशालामा परीक्षण गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेकी छन्।
‘म यहाँ उपस्थित भएको त सबैले देखिरहनुभएकै होला। म फिजिकल फर्ममै यहाँ छ,’ नेपालबाट भारत हुँदै सिंगापुर पुगिसकेको सामाजिक संजालमा प्रसारित समाचारबाट आक्रोशित बनेकी राणाले भनिन् । उनले आफ्नोबारेमा प्रसारित भ्रमपूर्ण समाचारले आफ्नो चरित्र हत्या मात्र गरेको नभई एक महिलाको चरित्रमाथि नै रेप गरेको आरोप लगाइन्।
अडियोको विषयमा सत्यतथ्य सार्वजनिक गरिदिन नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखा, ९सिबिआई० र साइबर क्राइम व्यूरोमा उजुरी दिए पनि अहिलेसम्म किन त्यो अडियोबारे सत्यतथ्य सार्वजनिक नगरेको भनी उनले प्रश्न गरिन्।
सांसद राणाले संसदमा दिएको मन्तव्यको पूर्ण अंशः
धन्यवाद सभामुखज्यू,
आज म यहाँ उपस्थित भएको त सबैले देखिरहनु भएकै होला। म फिजिकल फर्ममै यहाँ छु। र म यसपटक के पनि भन्न चाहन्छु भने, हाम्रो देशमा फेक न्यूज र फेक मिडियाको एउटा पराकाष्टै पुगिसकेको रहेछ। म सोसिय मिडयामा त्यति एक्टिभ छैन। तर, यो देख्दा मलाई के लाग्यो भने, हाम्रो देशमा हुने फेक मिडियाको कुनै न कुनै किसिमले सरकारको सुपरभिजन हुनु पर्यो।
सेकेण्ड प्वाइन्ट म के भन्न चाहन्छु भने, मैले ६ दिन अगाडि यस्तै अर्को फेक अडियो, मेरो नाम लिएर बनाइएको भुटानी शरणार्थी प्रक्रियामा (प्रकरणमा) इन्भल्भमेन्ट भनेर बनाइएको फेक अडियो मैले फरेन्सिक टेष्टका लागि सिबिआई र साइबर क्राइम सेलमा दिएको थिएँ। त्यो दर्ता गर्न पनि मानिएको थिएन। यहाँ साथीहरुले विश्वास गर्नु हुन्न होला।
सत्तापक्षको यत्रो ठूलो नेताको श्रीमती भनेर। तीन घण्टा लाग्यो, त्यो दर्ता गराउन। र त्यसको पनि जवाफ म गृहमन्त्रालयबाट सिक ९खोज्न० चाहन्छु। त्यो दर्ता गर्न अलमल किन थियो तरु र ६ दिन हुँदा पनि त्यो फेक हो कि होइन भनेर किन बताउन सकिएको छैैन ? र अरु जस्तै म त झनै आत्तुर छु, किन कि फेक अडियो मेरो मात्रै बनेको होइन, अरु अरुको पनि बनेको छ। तर, नाम मेरो मात्रै उच्चारण किन हुन्छ ?
मलाई साँच्चै भन्ने हो भने, एज वोमन, यो एउटा क्यारेक्टर एसासिनियशन होइन, दिस इज ए रेप अफ माई क्यारेक्टर। र म यो चाहिँ एकदम कडाइका साथ भन्छु, वोमनलाई पोलिटिक्समा आउँदाखेरि सबै कुरा हामीले व्यहोर्न सक्नु पर्छ, म व्यहोरी रहेको छु। तर, यस्तो किसिमको कदम महिलाप्रति नगरियोस् यो देशमा।
यो भन्दा अगाडि पनि धेरै महिलाहरुलाई स्विसाइड गर्नलाई फोर्स गरिएको छ मिडियाले। म चाहीँ त्यो एउटा भिक्टिम हुने महिला होइन। दिस इज माई रेप अफ माई क्यारेक्टर। गर्भन्मेण्टले चाँडै नै यो टेपको सत्यतथ्य उजागर गरोस्। र अरु जत्तिजनाको पनि नाम आएको छ, त्यसमा को चाहीँ दोषी हो र को होइन, त्यो प्रष्टताका साथ आउनु पर्छ। किनकि सबैजना एउटै ब्रसले पेण्ट भएको हुन्न। मान्छेको आफ्नोे आफ्नो राय हुन्छ। कसैलाई मन पर्छ कसैलाई मन पर्दैन। द्याट्स् ए पर्सनल बिजनेस। तर, कसैको क्यारेक्टर एसासिनियशन गर्ने भन्दा अगाडि हजारचोटी सोच्न म अनुरोध गर्न चाहन्छु।
जुन यो नक्कली भुटानी शरणार्थी काण्ड छ, यो देशका लागि सबभन्दा लज्जासस्पद काण्ड मलाई पनि लागेको छ। हुन त, हाम्रो देशका चेलिबेटीहरु रोज बेचबिखनमा परेका छन्। त्यसतर्फ पनि म सरकारको ध्यान आकर्षित गर्न चाहन्छु।
र कस्तो परिस्थित होला त हाम्रो देशकोरु आफ्नो नागरिकता भएकोहरुले पनि त्यागेर म अर्को देशको नागरिक भनेर जान बाध्यतामा तिनिहरुको सिच्युएसन कस्तो होलारु त्यो कुरालाई पनि हामीले एड्डेस गर्नु पर्छ।
यो मात्रै कि खाली यो पार्टी राम्रो कि त्यो पार्टी राम्रोरु यो ठूलो कि त्यो ठूलो भनेर यहाँ हामी कोही ठूलो हुने छैनौँ। देशको लागि हामीले काम गरेर देखाउँ। र यो जुन ह्युमन ट्राफिकिङको यो ग्लोबल प्याण्डामिकै जस्तो छ। यसमा नेपालको एउटा नराम्रो नाम छ।
यहाँबाट धेरै चेलीहरु ट्राफिकिङ भएर जान्छन्। त्यसका लागि म सभामुखज्यूलाई आग्रह गर्न चाहन्छु कि, हाम्रो एउटा स्पेशल कमिटी अन ट्राफिकिङ बनाउँ र जति पनि ट्राफिकर्सहरु नेपालमा एक्टिभ छन् त्यो भन्दा राम्रो काम सरकारले गरेर देखाओस्। किन कि हामीले रोक्न सक्छौँ। तर, हाम्रो त्यतातिर कुनै इन्टेन्सन नै देखिन्न।
सम्मानित श्रमको राम्रो व्यवस्था गरौँ। र यो एक्स्प्लोएटेटिभ श्रममा जाने जुन हाम्रो ट्रेण्ड भएको छ त्यसलाई रोक्न पनि म अनुरोध गर्न चाहन्छु। र अन्त्यमा, फेरि पनि यो भुटानी शरणार्थी केसको जुन फेक टेप मेरो नाममा बनाइएको थियो, त्यसको सत्यतथ्य चाँडै नै उजागर गर्न मभन्दा आत्तुर कोही छैन। यो केसको फाइनल रिपोर्ट आओस् भनेर फेरि पनि आग्रह गर्दै आफ्नो भनाइ राख्न समय दिनु भएकोमा धन्यवाद भन्न चाहन्छु।
धन्यवाद।