जीडीपीमा प्रादेशिक योगदान सार्वजनिक, बागमतीको १९ खर्ब ८१ अर्ब
काठमाडौँ । चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन जीडीपी मा प्रदेशहरुको योगदान अनुमानित तथ्यांक सार्वजनिक भएको छ ।
मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष सबैभन्दा बढी बागमती प्रदेशबाट १९ खर्ब ८१ अर्ब ९१७ प्रतिशत० र सबैभन्दा कम कर्णाली प्रदेशको जम्मा २ खर्ब २१ अर्ब रुपैयाँ रहने कार्यालयको अनुमान छ ।
तथ्यांक कार्यालयले चालू आर्थिक वर्षको कूल जीडीपी ५३ खर्ब ८१ अर्ब रुपैयाँ रहने अनुमान गरेको छ ।
सो मध्य कोशी प्रदेशको योगदान ८ खर्ब ४९ अर्ब ९१६ प्रतिशत०, लुम्बिनी प्रदेशको ७ खर्ब ६२ अर्ब ९१४।२ प्रतिशत०, मधेस प्रदेशको ७ खर्ब ७ अर्ब ९१३।१ प्रतिशत०, गण्डकी प्रदेशको ४ खर्ब ८२ अर्ब ९९ प्रतिशत ० र सुदूरपश्चिम प्रदेशको ३ खर्ब ७६ अर्ब रुपैयाँ बराबरको योगदान रहने कार्यालयको अनुमान छ ।
प्रदेश अनुसार राष्ट्रिय उत्पादनमा योगदानस्
बागमती प्रदेश(३७ प्रतिशत
कोशी प्रदेश(१६ प्रतिशत
लुम्बिनी प्रदेश(१४ प्रतिशत
मधेस प्रदेश(१३ प्रतिशत
गण्डकी प्रदेश(९ प्रतिशत
सुदूरपश्चिम प्रदेश(७ प्रतिशत
कर्णाली प्रदेश(४ प्रतिशत