भारतबाट मूल्य घटेर आयो पेट्रोल र डिजेलको

काठमाडौं । यसपटक भारतबाट इन्धनको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मंगलबार नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

आइओसीले पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजलमा ८ रुपैयाँ १३ पैसाका दरले घटाएर मूल्यसूची पठाएको निगमले जनाएको छ । आईओसीले अन्तर्राष्ट्रिय मूल्यको आधारमा निगमलाई १५–१५ दिनमा नयाँ मूल्य पठाउने गर्दछ ।

अघिल्लो पटक पनि भारतबाट इन्धनमा मूल्य घटेर आएको थियो । तर सञ्चिति नोक्सानी देखाउँदै निगमले मूल्य समायोजन गरेको थिएन । यसपटक भने केही मात्रामा मूल्य घटाउने गृहकार्य भइरहेको निगम स्रोतले जनाएको छ ।

अहिले पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँ पर्छ । पछिल्लोपटक आएको मूल्यसूचीपछि निगमलाई पाक्षिक झन्डै तीन अर्ब रुपैयाँ नाफा हुने अनुमान गरिएको छ ।
म्ष्धबपबच

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *