एकिकृत फ्रेण्डसिपको कुल सम्पत्ति १ अर्ब २१ करोड माथि


दोलखाको जिरीमा रहेको एकिकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले बैशाख महिनाको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले प्रकाशित गरेको विवरण अनुसार वित्तीय सूचांकहरु बलियो देखिएका छन् । संस्थाको शेयरपुँजी १० करोड ६१ लाख १६ हजार, जगेडा कोष ६ करोड १२ लाख ११ हजार, अन्य कोषहरु १ करोड ८६ लाख र बचत संकलन १ अर्ब ४७ लाख ७१ हजार रहेको छ ।

संस्थामा १९ करोड ७४ लाख २२ हजार अर्थात १९.६५ प्रतिशत तरलता रहेको छ । गत महिनाको तुलनामा संस्थाको तरलता २ प्रतिशतले वृद्धि भएको छ । संस्थाले त्यस अवधिमा ८६ करोड ५४ लाख ८९ हजार ऋण लगानी गरेको छ । संस्थामा १४ हजार ७२४ सदस्य र ४ हजार ८२७ बाल बचतकर्ता रहेका छन् । संस्थाले २ हजार ३२८ जना सदस्यहरुलाई विभिन्न पेशाव्यवसायका लागि ऋण लगानी गरेको छ । संस्थाको कुल सम्पत्ति १ अर्ब २१ करोड ९१ लाख ७१ हजार पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *