कानुन समितिको कार्यविधिमा निरन्तर ५ बैठकमा अनुपस्थित भए सदस्यबाट निस्कासन

काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिले आफ्नो आन्तरिक कार्यविधि पारित गरेको छ ।

समितिका सदस्य मंगलप्रसाद गुप्ताको सभापतित्वमा बसेको समिति बैठकले आन्तरिक कार्यविधि सर्वसम्मत पारित गरेको हो । जेष्ठ सदस्य शेरबहादुर देउवा अनुपस्थितपश्चात नेकपा एमालेका सांसद जेष्ठ सदस्य गुप्ताको सभापतित्वमा समितिको सो बैठक सम्पन्न भएकाे थियाे ।

समिति सचिव अधिराज राईले समितिमा जानकारी गराए अनुसार विनासूचना निरन्तर ५ वटा बैठकमा अनुपस्थित रहे त्यस्तो सांसद समिति सदस्यबाट निष्कासनमा पर्न सक्ने व्यवस्था कानुन समितिले पारित गरेको आन्तरिक कार्यविधिमा जारी गरिएको छ ।

५ वटा बैठकसम्म निरन्तर अनुपस्थित रहनुपर्ने भएमा सभापतिलाई लिखित जानकारी गराउनुपर्ने भएको छ । यो कार्यविधिले सांसदहरुको नियमित उपस्थिति हुने र छलफल र निष्कर्षमा चाँडो पुग्न सकिन्छ ।

विना जानकारी निरन्तर ५ वटा बैठकमा अनुपस्थित रहे सभापतिले समिति सदस्यबाट निष्कासन गर्न सक्ने प्रस्तावसहितको कार्यविधिमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *