क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको प्रमाणित भए जेल जान तयार प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गरेका छन् । यस विषयमा कसैको उजुरी परेर छानविन गर्दा दोषि ठहर भएमा आँफू जेल जान तयार रहेको प्रधानमन्त्री प्रचण्डले बताएका हुन्
क्यानोन्टमेन्टमा रहेका लडाकुलाई दिएको रकमको सबैको रेकर्ड भएको दाबी गरे ।
राज्यबाट दिएको रकम अडिट भएर टुंगो लागेको विषय पटक पटक ल्याइएर राजनीतिकरण गर्न खोजेको उनको आरोप छ । अहिले भ्रष्टाचारका सबै मुद्दा छानबिन गर्न आफूहरू तयार रहेको प्रष्ट पारे । सो विषयमा तत्कालीन अर्थमन्त्री डा.रामशरण महतले समेत रुजु गरेको प्रधानमन्त्री प्रचण्डले जवाफ दिएका छन् ।