सक्कली भुटानी शरणार्थीका नेता नक्कली भुटानी बनाउँदैः एयरपाेर्टबाट पक्राउ
काठमाडौं । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । उनलाई एयरपोर्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएपछि रिजाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रिजाल भुटानी शरणर्थीलाई भुटानमै पुनर्स्थापित गर्ने मुद्दा लिएर उनीहरूको अधिकारका लागि वकालत गर्दै आएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेका संख्या १६ पुगेको छ