सनराइज बैंकद्वारा प्रहरी बिट निर्माण


काठमाडौं । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सुदूरपश्चिमको भिमदत्त पन्त राजमार्ग अन्तर्गत चुरे गाउँपालिका र डडेल्धुरा बजार क्षेत्रमा सर्वसाधारण र त्यहाँ चल्ने यातायातको सुरक्षाका लागि वडा कार्यालय र इलाका प्रहरीसँग समन्वय गरी १–१ थान प्रहरी बिट निर्माण गरेको जनाएको छ । ३ र ४ जेठमा छुट्टा छट्टै कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक रवीनकुमार नेपालले प्रहरी बिट हस्तान्तरण गरेका छन् ।

चुरे गाउँपालिकामा निर्मित प्रहरी बिट हस्तान्तरण कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटी, इलाका प्रहरी कार्यालय फलटुडे कैलालीका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्म सिंह बिष्ट र चुरे गाउँपालिका(३ का वडा अध्यक्ष खगेन्द्र खडायतको उपस्थिति रहेको थियो । डडेल्धुराको कार्यक्रममा अमरगढी नगरपालिका ५ का वडा अध्यक्ष टंकबहादुर क्षेत्री र प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टको उपस्थितिमा प्रहरी बिट हस्तान्तरण भएको बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *