सामान्य सवारीमै संसद भवन पुगे राष्ट्रपति पौडेल

काठमाडौं । सरकारको नीति तथा कार्यक्रमम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद भवन नयाँ बानेश्वर पुगेका छन् ।

राष्ट्रपति पौडेल सडक खाली नगराइ सामान्य रुपमा संसद भवन पुगेका छन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्न यसअघिका राष्ट्रपतिहरू रिसल्लासहित संसद् भवन पुग्ने परम्परा विपरित राष्ट्रपति पौडेल साधारण सवारीसहित संसद भवन पुगेका हुन् । यसअघि राष्ट्रपतिको सवारी हुँदा आवागमन अवरूद्ध हुने गरेको थियो । तर राष्ट्रपतिमा निर्वाचित भएदेखि नै पौडेलले सवारी आवागमन बन्द नगरी आफ्ना कार्यक्रमहरुमा सहभगी भइरहेका छन् ।

अब केहीबेरमा सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा सार्बजनिक हुदै छ ।

यसअघि आजै बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको आर्थिक बर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम स्वीकृत गरको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *