सिटिजन्स बैंक र अजा डायनास्टीकबीच सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ठमेलस्थित अजा डायनास्टीकबीच सम्झौता भएको छ । बैंक र डायनास्टीबीच बैंकका ग्राहकलाई विभिन्न सामानमा छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले अजा डायनास्टीमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए।टि।एम।, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।