सूर्यज्योति लाइफको नयाँ संचालक समिति गठन


काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले पन्ध्रौ वार्षिक साधारणसभाले कम्पनीको नयाँ संचालक समिति गठन भएको छ । सञ्चालक समितिमा संस्थापक सेयरधनी समुह ‘क’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु निर्वाचित भएका छन् । जसमा संस्थापक सेयरधनी समुह ‘क’ बाट केशवप्रसाद भट्टराई, नन्द किशोर शर्मा र विवेक झा निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट हेमन्त नाहटा, आकाश गोल्छा र प्रिया तायल निर्वाचित भएका छन् ।

उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन, साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि। तथा साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७८।०७९ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणहरु स्विकृत गर्नुका साथै आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरु पारित गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *