हिमालयन लाइफको सीईओमा मनोजकुमार लाल कर्ण नियुक्त
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकुमार लाल कर्ण नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै कम्पनीको सीईओमा कर्ण नियुक्त भएका हुन् । बीमा प्राधिकरणले कर्णलाई कम्पनीको सीईओ बन्न शुक्रबार स्वीकृति दिएको हो । नवनियुक्त सीईओ कर्णले पनि आफू एक वर्षे कार्यकालको लागि हिमालयन लाइफको सीईओ पदमा नियुक्त भएको बताएका छन् ।
प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्स मर्जरपश्चात बनेको हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले कर्णलाई सीईओमा नियुक्त गरेको थियो । कम्पनीको सीईओमा नियुक्ति भएपछि स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको थियो । सोही बमोजिम प्राधिकरणले शुक्रबार कर्णलाई सीईओ बन्न स्वीकृति दिएको हो ।