बागमती प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ
काठमाडौँ । बागमती प्रदेशको नवनियुक्त मन्त्रीहरुले शपथग्रहण गरेका छन्। । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले मन्त्रिपरिषद् विस्तार गरेसँगै नवनियुक्त ६ जना मन्त्रीहरुले आज सपथग्रहण गरेका हुन् ।
बागमती प्रदेश प्रमुखको कार्यालयमा भएको समारोहबिच प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई सपथग्रहण गराएका हुन् ।
नेपाली कांग्रेसबाट पुकार महर्जनलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, मसिना खड्कालाई वन तथा वातावरण, उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय र रामकृष्ण चित्रकारलाई विनाविभागीय मन्त्रीको रुपमा सपथग्रहण गरेका छन भने
नेकपा एकीकृत समाजवादीबाट डाक्टर राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय र लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रीको रुपमा सपथग्रहण गरेका हुन् ।
यसअघि मुख्यमन्त्री सहित नेकपा माओवादी केन्द्रका ४, नेपाली कांग्रेसका २ जना मन्त्री भइसकेका छन् । बागमती प्रदेशमा मन्त्रालयको संख्या ११ छ । मन्त्रीको संख्या १२ भएकाले एक मन्त्रालय फुटाइने भएको छ ।