सिटिजन्स बैंकको ‘प्रिभिलेज बैंकिङ’ सेवा


काठमाडौं । सिटिजन्स बैंकले ग्राहकहरूलाई लक्षित गरी मोबाइलमार्फत ‘प्रिभिलेज बैंकिङ’ सेवा सुरु गरेको छ । यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरूमार्फत प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ एपमार्फत नै प्रिभिलेज सेवा दिन लागेको बैंकले उल्लेख गरेको छ ।

यस सेवाअन्तर्गत ग्राहकहरूले बैंकका तोकिएका सम्पर्क अधिकृतहरूमार्फत बिना झन्झट बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । बैंकले आफ्नो एपमार्फत नेपालपे को क्यूआर सञ्चालनमा ल्याएको छ । अब बैंकका ग्राहकहरूले फोनपेका अतिरिक्त नेपालपे को क्यूआर कोडसमेत स्क्यान गरी भुक्तानी गर्न सक्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *