आत्मसमीक्षा गर्न एमालेलाई माधव नेपालको सुझाव

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई आफु नेतृत्वको सरकार किन गुम्यो त्यसमा आत्मसमीक्षा गर्न सुझाव दिएका छन् ।

सोमबार प्रतिनिधिसभाको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले अरूलाई सत्तोसराप गर्न छाडेर सरकार किन गुम्यो त्यसमा आत्मसमीक्षा गर्न सुझाव दिएका हुन् ।

‘हामीहरू बीचमा सहकार्यको आवश्यकता छ । सरकारमा बस्न सकिए छुट्टै कुरा हो । अरूलाई सत्तोसराप गरेर मात्र हुँदैन । बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो । आफू भित्र के कमीकमजोरी रहे सबैले पहिचान गरौं,’ उनले भने, ‘त्यसमा सुधार गरौं। हामीमा सबैभन्दा ठूलो समस्या व्यक्तिवाद, सर्वमान्य ठान्ने प्रवृत्तिबाट मुक्त हुन, भ्रष्टाचारमा चुर्लुम्म ढुब्ने प्रवृत्तिबाट मुक्त हुन सकिएन भने विकास सम्भव छैन् ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *