आइएमई पेबाट हवाई टिकट काट्दा १२५ रुपैयाँभन्दा बढी क्यासब्याक


काठमाडौं। आइएमइ पेबाट हवाई टिकट काट्दा १ सय २५ रुपैयाँभन्दा बढी क्यासब्याक पाइने भएको छ। कम्पनीका अनुसार यात्रुले यो योजना अन्तर्गत वायुसेवा कम्पनीमार्फत ७५ रुपैयाँभन्दा बढी र आइएमई पेको ‘बोनस’ प्रोमोकोड मार्फत ५० रुपैयाँ गरी १ सय २५ रुपैयाँभन्दा बढी क्यासब्याक पाउने जनाएको छ।

सोमबारबाट सुरु भएको यो योजना यात्रुले आउँदो असार ६ गतेसम्म पाउने छन्। भुक्तानी सेवा प्रदायक आइएमई पे आइएमई समूहको डिजिटल वित्तीय सेवा प्रदायक अन्तर्गतको कम्पनी हो। कम्पनीको यो सेवा मार्फत रकम ट्रान्सफर, अनलाइन तथा स्थलगत स्टोरहमा क्युआर स्क्यान, मोबाईल रिचार्ज लगायत सेवा रवाह गर्दै आएको छ। कम्पनीमार्फत २० लाखभन्दा बढी ग्राहकले सेवा लिइरहेको बताइएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *