कोसीबाहेक अन्य ६ वटै प्रदेश सरकारमा कांग्रेस सहभागी

काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । केन्द्रको समीकरणअनुसार एमालेले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि कांग्रेससहितका दल सरकारमा जान लागेका हुन् । 

मधेस प्रदेशमा जसपाका सरोज यादव मुख्यमन्त्री छन् । कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको हो । माओवादी, लोसपा र एकीकृत समाजवादी सरकारमा सहभागी हुने विषय टुंगिन बाँकी नै छ । 

अब कोसीबाहेक ६ वटै प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । कांग्रेसले लुम्बिनी, गण्डकी र सुदूरपश्चिम सरकारको नेतृत्व गरेको छ । गण्डकीमा सुरेन्द्रराज पाण्डे, लुम्बिनीमा डिल्लीबहादुर चौधरी र सुदूरपश्चिममा कमलबहादुर शाह मुख्यमन्त्री छन् । कर्णाली र बागमतीमा भने धेरै मन्त्रालयसहित कांग्रेस सरकारमा सहभागी भएको छ । बागमतीमा ६ र कर्णालीमा चार मन्त्रालय कांग्रेसले पाएको छ । 

कोसी प्रदेशमा भने अझै पनि एमाले नेतृत्वकै सरकार छ । एमालेका हिक्मत कार्की मुख्यमन्त्री छन् । जहाँ माओवादी र जसपा सरकारमा बसेका छन् । कांग्रेसले माओवादी र जसपालाई सरकारबाट बाहिरिन औपचारिक आग्रह गरिसकेको छ । केन्द्रको समीकरणअनुसार कोसीमा सरकार बनाउनुपर्ने कांग्रेसको प्रस्ताव छ ।

  कांग्रेसले कोसीमा पहिले र त्यसपछि एकीकृत समाजवादीलाई सरकारको नेतृत्व गर्ने मनसाय राखेको छ । तर माओवादीले भने पहिले आफूले मुख्यमन्त्री पाए मात्रै एमाले नेतृत्वको सरकारबाट बाहिरिने भन्दै अडान छाडेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *