नागरिकता विधेयक चाँडो ल्याउन सरकारसमक्ष मञ्जु शर्माको माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की सांसद मञ्जु शर्मा अन्सारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकबारे गोलमटोल नीति लिएको बताएकी छिन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

नागरिकता नेपाली नागरिकका लागि अपरिहार्य भएकाले यसलाई तत्काल लागूपर्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन् । नेपाली नागरिकले नागरिकता नपाउनु विश्वमा नै लज्जास्पद भएकाले कस्तो देश हो नेपाल भनेर सरकारलाई प्रश्न गरिन् ।

जतिसक्दो छिटो नागरिकता विधेयक ल्याउन र जन्मका आधारमा नागरिकता उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *