ती पाँच घर पनि हाम्रै ऐतिहासिक घर
ना बादलोँ की छाँव मेँ,ना चाँदनी के गाँव मेँ । ना फूल जैसे रास्ते, बने हैँ इसके वास्ते । जो चाँदनी नहीं तो क्या,ये रौशनी है प्यार की । दिलोँ के फूल खिल गए, तो फ़िक्र क्या बहार की । हमारे हौसलोँ का घर,हमारी हिम्मतोँ का घर । किसी को देखना हो गर तो पहले आ के माँग ले,मेरी नज़र तेरी नज़र ।ू९(जावेद अख्तर,ई.सं.१९८२ । हिन्दुस्तान ।० ।
घर सामाजिक सङ्गठन हो,थुप्रै कुराहरु जानिन्छ । घर मन्दीर पनि हो । सपनाहरु हुर्कन्छन् । सपनाहरुको पूजा हुन्छ त्यहाँ । दुख सुख सवै विसाइन्छ त्यहाँ,ती घरहरुलाई विर्सन कहाँ सकिन्छ र ः इमान र स्वभीमान कायम गरेर बाँच्न सिकाएका ती घरहरुलाई १
(क) विराटनगरका घरहरु ः
(क १) सानो १५ सालको घर ः छोडेर आएपछि सवभन्दा पहिले हाम्रो प्रवेश २०१५ सालमा तीन टोलीयामा नेपालको कलेज स्तरीय अंग्रेजीको पहिलो गाइड लेख्ने गणेश लाल कर्णको घर नजिक बनाएको जेठो दाजु गोविन्द बस्ने दुई कोठाको सारै सानो घरमा भयो । सानो झुपडीमा भान्सा थियो । खाना खाएपछि राती चामल दाल तरकारी भाँडाकुडा बोकेर नलगे राती चोरले लैजाने भएकाले ती भान्साको सामान पनि तीनै कोठाहरुमा राख्नु पथ्र्यो । साना ठूला गरेर हाम्रो बुवा आमा सहित हामी चारभाई गोविन्द–डा.ऋषिराज–नवराज सहित ११ जनाको परिबारलाई अपुग थियो त्यो घर । पछि हामी अर्को घरमा सर्नु पर्यो ।
(क २) भतिज प्रेम प्रसादको घर ः
अर्को सरेको घर पहाडमा सँगै घर भएका नाताले भतिज स्व.प्रेम प्रसादको घर थियो । तीन घर भएकाले तीनटोलीया नाम भएको भन्ने कहावत भए सरह २०२९ सालजम्मा तीन घर कै जस्तै नै हालत थियो घरहरु थिएनन । जम्मा साना २ कोठाको घरमा ५ जनाको परिवार बसिरहेका भतिज प्रेमप्रसादले हामीहरुको समस्या बुझेपछि पहाडबाट ल्याएका केही आवश्यक सामान बोकेर पुरानो सानो घरबाट हामीलाई दुखले आर्जेको आफ्नो घरमा लानुभयो । र, एक कोठामा आफ्ना परिवारलाई राखेर उत्तरपटीको कोठामा हामीलाई राख्नु भयो । हाम्रो फेरि अर्को घर नबनुनञ्जेल हामी त्यही बस्यौँ ।बस्ती पातलो थियो । राती चोर लाग्थ्यो । तपाईहरु सबै ढुक्कले सुत्नुस म छुनी भनेर रातभरी आफैँ चौकीदारी गर्नुहुन्थ्यो । दिनभरीको बैङ्कको खटाई सवै विर्सनु हुन्थ्यो । मसँग खेल्नको लागि नातीहरु अर्थात उहाँका दुई छोरा किशोर बराल तथा किरण बरालहरु थिए ।
(बिम्व ः लेखक स्वयंबाट । कुर्शि खाट र बरण्डामा आँखी झ्याल जस्तो बुट्टा भएको बिराटनगरको १५ सालको जेठो दाजु गोविन्द बस्ने सानो पुरानो घर । रुखले छोपिएको,पानी खिच्ने हातेकल भएको बिराटनगर तीनटोलीया स्थित स्व.प्रेम प्रसादको पुरानो घर ।)
(क ३) निवास,मनमोहन–जनक मोहनको घर ः
स्कूलबाट आएपछि र विदाको दिन जनक मोहन अधिकारीको छोरा हालका पूर्वाञ्ल प्रसिद्ध सर्जन सुनिल चन्द्र अधिकारी को घरमा मेरो बास हुन्थयो । जगत मोहन अधिकारी र पछि अनुकुलहुँदा मोहनचन्द्र अधिकारीपनि त्यही आएर बस्नु हुन्थ्यो । सारै अशल,दुखैले गुजारा गरेपनि मेरो पिताजी जस्तै सवैले खाउन भन्ने स्वभाव । मैले त्यही घरबाट ब्याडमिण्टन,टेवल टेनिस,चेस,कैरिम बोर्ड र विश्वका सामान्य ज्ञानका कुराहरु सिकेको ।
निवासमा राजनीति खुकुलो भएपछि गइयो । दशैँमा टिका लाउन पनि गएको छु । बि.सं २०७९ फागुनमा ९ दिन नोवलको आईसीयू कुरुवा बस्दा एक छिन फुर्सदमा निवास पसेँ । हैट वरिपरिका जग्गा त सवै घर पो बनिसकेछन् । निवास खुम्चिँएछ । तस्वीर लिएँ । त्यही मौकामा बिराटनगरका सचेत नागरिक,बुद्धिजिवि देवी प्रसाद पौडेल तथा भोगेन्द्र भुर्तेलको बस्ने घरका पच्छिम पट्टीका छिमेकी त्यो सानो पहेँले रङ्गको घर जहाँ बाहिर बरण्डाको पूर्व तिर राखेको काठको मेचमा सुनिल सँगै जादा बसिन्थ्यो । प्रिति दिदि(मनमोहन अधिकारीको छोरी )ले ‘जगदीश चिया सित रोटीपनि खान्छौ’ भनेर सोधेको सम्झना गर्दै आफ्नै टोलमा भएको पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको घरमा खोज्दै गएँ । बेचेर अरुले नै किनेर तारवार जाली लगाएर,रुप,ढाँचा,रङ्ग फरक पारेछन् । भावुक भएँ एकछिन । तस्वीर लिएँ ।
(तस्वीरः लेखक स्वयंबाट । काठको बार्दली भएको सवारी साधन धुँदै गरेको विराटनगरको नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री एवं एशियाका चर्चित प्रथम प्रजातान्त्रिक समाजबादी नेता वीपी कोइरालाको ऐतिहासिक कोइराला निवास । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको विक्री भएको पुरानो घरमा खरिद गर्नेले तारबार जाली लगाएर रुप,ढाँचा,रङ्ग फरक पारेपछिको छवि ।)
(ख) जन्मेको पहाड़को घर ः
“फिर एक बार खाली हाथ,हमे शहर से जाना होगा । टूटी सड़क, एक झोपड़ि वही घर मेरा पुराना होगा ।।”(–अवधेश निषाद,ई.सं.२०२३ । प्रयागराज,भारत ।)
घृत कौशिक गोत्रका बराल,नेपाल,खनाल,सुतार कार्की र पण्डित थरका मान्छेहरुका उत्पति घर पोखरा हो की सिन्जा या कस्मिर पण्डितको आवाश क्षेत्र या इराकतिर हो समाजशास्त्रीलाई थाहा भएपनि हामी गोलाञ्जोर घोकशिलाका बराल चाहिँ पोखराबाट आएका हौं । काश्की र मकवानपुरको राम्रो सम्बन्धको सन्दर्भमा हाम्रा पुर्खाहरु मकवानपुरमा दरबारमा सललाह सेवा गर्न पठाईए अनुरुप मकवानी सेन बंशी नृपले दिनभरी घुम्न सके जतिको सवै जमिन विर्तादिएका सिन्धुली साविक
बाशेश्वर हाल गोलाञ्जोर गाउ पालिकाको घोकशिलाको जमिनमा बनाएका दुई घर,एक गोठको परिसर थियो । .(छविचित्र ः
लेखक स्वयंबाट । गोलाञ्जोर घोकशिला,सिन्धुलीको जस्ता पाताको छानो भएको घर मुनी रहेको खरले छाएको निज जन्मिएको घर । दुई घर मध्ये खरिद गर्नेले पाहुना घर भत्काएकोले हाल एक घरमात्र बाँकी) ।
यतीबेर यो घर बनाउने स्व.पिताजीको सम्झना भयो । उहाँले एघार सालमा सिन्धुलीमा आएको भिषण बर्षादले खेत बगायो । दुःख कशैलाई सुनाउनु भएन,बोहोरेटारका आचार्य,सशुराली दुम्जाली कोइराला देखी खनियाखर्कका बद्रीविक्रम थापा लगायतका हरुले केही गर्नुपर्छ भनेर सहयोग गर्न खोज्दा पनि एक्लै भिडेर खेत विराउनु भएको थियो ।
पहाडमा ठूलो जिम्मदार नभएपनि गाऊँमा हामी भन्दा धेरै धनी साहुहरु हुँदा हुँदै पनि,हामीले दुखसुख गुजारा गरेको जान्दा जान्दै पनि सिन्धुली गढी–पछि सिन्धुली माढीबाट हाकिमहरु,अनुगमन टोलीहरु ठेटराज बा कै बस्नु पर्छ भनेर हाम्रै घरमा बस्नु हुन्थयो रे ।सिन्धुलीमा म कार्यरत छँदा भेटन आउने साथी भाई अग्रजहरुले ‘तिम्रा बा जति दुख भएपनि गाँऊका आफुभन्दा तल्लो बर्गलाई सधैं हेर्नु हुन्थ्यो । एकदिन पाहुना आएनन् भने लक्ष्मी माता रिसाउनु भयो की कसो भनेर मन खिन्न पार्नु हुन्थ्यो । विराटनगर जाने बेलामा रतनचुरामा पाल्न दिएका बाख्रा,बस्तुहरुमात्र छोडदिनु भएन सरसापट अन्नपात समेत छोडदिनु भयो । गाँउको तल्लो बर्ग अहिले पनि उहाँलाई सम्झन्छ”भनेर स्मरण सुनाएका थिए । हाल उक्त घरहरु मध्ये खरिद गर्नेले पाहुना घर भत्काएका रहेछन् ।
(स्वतन्त्र लेखनमा संल्गन लेखक नेपाल सरकारका पूर्व महानिर्देशक हुन्) ।