बागमती सरकारबाट नीति तथा कार्यक्रम पास

काठमाडौं । बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पास गरेको छ । प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले संसदमा पेश गरिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गरेको हो ।

उक्त नीति तथा कार्यक्रम आज आइतबार दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नेछन् । त्यस्तै मन्त्रिपरिषद् बैठकले ५ वटा प्रहरी इकाई भवनको निर्माणका खर्च अख्तियारी दिने निर्णय गरेको छ ।

बैठकले प्रहरी चौकी रत्ननगर–६ सौराहा, चितवन ९७ लाख ३३ हजार रुपैयाँ, जिल्ला प्रहरी कार्यालय मकवानपुर महिला व्यारेक भवन ८४ लाख २२ हजार रुपैयाँ, प्रहरी चौकी खाङसाङ फिक्कल–४ सिन्धुली एक करोड ३ लाख ३९ हजार रुपैयाँ, जिल्ला ट्राफिक कार्यालय रामेछाप एक करोड ३२ लाख ६१ हजार रुपैयाँ र इलाका प्रहरी कार्यालय मकवानपुरगढीको भवन एक करोड ९८ लाख १ हजार रुपैयाँ गरी कुल ६ करोड १५ लाख ५६ हजार रुपैयाँ अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *