एनसेलले विराटनगरको हाटखोला मैदानमा गरेको कन्सर्ट भव्य रुपमा सम्पन्‍न


काठमाडौं। एनसेलले शनिबार विराटनगरको हाटखोला मैदानमा आयोजना गरेको कन्सर्ट भव्य रुपमा सम्पन्‍न गरेको छ। कन्सर्टमा दर्शकहरुले चर्चित कलाकार तथा सांगीतिक समूहहरुको प्रस्तुतिको मजा लिएका छन्। दिपक बज्राचार्य एन्ड रिदम ब्यान्डदेखि आषिश राना (लाउरे), द एलिमेन्ट्स, शिव परियार, अस्मिता अधिकारी, सुनिल पण्डितलगायत संगीतकारहरुले आ(आफ्नो प्रस्तुति दिएको एनसेलले जनाएको छ। कलाकार केकी अधिकारीले पनि आफ्नो प्रस्तुती दिएका थिइन्। सांगीतिक कार्यक्रममा झुम्न पुगेका हजारौं दर्शकहरुको उत्साहले कार्यक्रमलाई अझै भव्य बनाएको एनसेलको भनाइ छ।


‘रमाऔं सधै सँगै’ भन्ने थिमका साथ आयोजना गरिएको सांगीतिक कार्यक्रमले विराटनगरका आफ्ना ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्दै, देश विदेशमा रहेका सबैसँग फेसबुक लाइभमार्फत जोडिए खुसी साटासाट गर्न सफल भएको एनसेलले जनाएको छ। ग्राहक सुविधाका लागि कार्यक्रमस्थलमा एनसेलको स्टलका साथै अन्य फुड स्टल पनि छन्। यसअघि एनसेलले नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते काठमाडौंको दरवारमार्गमा १६औं दरबारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमा आयोजना गरेको थियो।देशको पर्यटन विकासमा टेवा पुर्‍याउने लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने लगायतका उद्देश्य राखेर एनसेलले पर्पल स्याटर्डे आयोजना गरेको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *