एशियन लाइफले संस्थापक सेयर बेच्दै
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको २४ हजार ८ सय ७१ कित्ता सेयर बिक्री गर्ने भएको हो । सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन । कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।