सरकारले आगामी बर्ष नयाँ सवारी साधन नकिन्ने
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारी खरिद नगर्ने घोषणा गरेको छ।
डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थतन्त्रमा पर्ने भार हटाउन सरकारले आगामी आर्थिक वर्ष थप नयाँ सवारी खरिद नगर्ने बताएका हुन् ।
साथै बजेटमा फर्निचर र र्फिर्नसिङका सामग्री पनि खरिद नगर्ने अर्थमन्त्रीले घोषणा गरेका छन् ।