१७ खर्ब ९३ अर्बको बजेटमा १५ खर्ब मात्रै चालु वर्ष खर्च हुने 

काठमाडौँ । चालु वर्षमा १५ खर्ब ४ अर्ब रूपैयाँ मात्रै बजेट खर्च हुने अनुमान गरिएको छ।

संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा। प्रकाशशरण महतले अनुमानको तुलनामा २ खर्ब ९१ अर्ब खर्च हुने संशोधित आंकलन गरेका हुन्। सरकारले चालु वर्षको लागि १७ खर्ब ९३ अर्ब रूपैयाँ बजेट प्रस्तुत गरेको थियो।

चालु खर्च ११ खर्ब ८३ अर्ब रूपैयाँ विनियोजन गरेकोमा १० खर्ब ४३ अर्ब मात्रै खर्च हुने अनुमान गरिएको छ। हालसम्म ८ खर्ब २३ अर्ब खर्च भएको छ।

पुँजीगत खर्च ३ खर्ब ८० अर्ब रूपैयाँ विनियोजन गरिएकोमा २ खर्ब ५८ अर्ब रूपैयाँ मात्रै खर्च हुने संशोधित अनुमान गरिएको छ। हालसम्म एक खर्ब ३६ अर्ब रूपैयाँ मात्रै खर्च गरिएको छ।

वित्तीय व्यवस्थापन खर्च दुई खर्ब ३० अर्ब रूपैयाँ विनियोजन गरिएकोमा २ खर्ब ३ अर्ब रूपैयाँ मात्रै खर्च हुने अनुमान गरिएको छ। हालसम्म एक खर्ब ४१ अर्ब रूपैयाँ खर्च भएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *