एनएमबि बैंकको महोत्तरी शाखामा डाँका चोरी
काठमाण्डौं । महोत्तरी जिल्लाको नेपाल भारत सिमाना नजिक रहेको महोत्तरी गाउँपालिका स्थित एनएमबि बैंक लिमिटेडको शाखा कार्यालयमा जेष्ठ १६ गते करिव १२ः२५ को समयमा ३–४ जनाको समुहमा रहेका अपरिचित बन्धुकधारी ब्यक्तीहरु प्रवेश गरी शाखा कार्यालयमा रहेको नगद लुटिएको र उक्त घटनामा संलग्न ब्यक्तीहरुलाई आवश्यक कानूनी कारबाही गर्नको लागि हाल बैंकद्धारा सम्बन्धित निकायमा अनुरोध भैसकेको छ ।
सो घटनाको अनुसन्धान सम्बन्धित निकायबाट भै रहेको र उक्त घटनामा कसैलाई पनि कुनै गम्भिर चोटपटक नलागेको ब्यहोरा अवगत गराउँदछौ । एनएमबी बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । प्रहरीले लुटेराको खोजी भइरहेको जानकारी दिएको छ ।