सिद्धार्थ बैंकका ग्राहकलाई नेपालगंजको ले रायरा रेष्टुरेन्टमा छुट


काठमाडौं । सिद्धार्थ बैंकले नेपालगंजस्थित ले रायरा रेष्टुरेन्ट र वन्डरल्याण्ड वाटर एण्ड फन पार्कबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नेपालगंज शाखा प्रमुख किरण राणामगर तथा ले राएरा रेष्टुरेन्ट र वन्डरल्याण्ड वाटर एण्ड फन पार्कका तर्फबाट प्रबन्ध निर्देशक सिभान्शु यादवले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकले ले रायरा रेष्टुरेन्टमा खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा र वन्डरल्याण्ड वाटर एण्ड फन पार्कमा पार्क टिकट खरीदमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *