आईएमई पे र निसर्ग अस्पतालबीच सम्झौता
काठमाडौं । ‘आईएमई पे’ र निसर्ग अस्पताल बीच छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार अब निसर्ग अस्पतालबाट सेवा लिए बापतको भुक्तानी ‘आईएमई पे’ मार्फत गर्ने ग्राहकले २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौतापत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थराज पन्त र आईएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरे । १ वर्षसम्मका लागि भएको सम्झौतामा अस्पतालबा विभिन्न सेवा लिए बापत आईएमई पेबाट भुक्तानी गर्ने ग्राहकले ५ देखि २५ प्रतिशतसम्म छुट पाउने छन् ।