नागरिकता विधेयक प्रमाणीकरण संविधान विपरित भएको सुवासचन्द्र नेम्वाङको आरोप
काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमाथि असहमति जनाउँदै आएका छन् । उनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसद्माथिको नाङ्गो प्रहार भएको बताएका हुन् । बिहीबार संचारमाध्यमार्फत उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण सकरात्मक नभएको उल्लेख गरेका हुन् ।
नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर संविधान, कानुन, स्थापित अभ्यास र संसदीय परिपाटीले नचिनेको बाटो हिँड्ने काम गरेको उनको भनाइ छ । ‘
एमाले नेता नेम्वाङले राष्ट्रपति रामचन्द्र पौडेलले संविधान विपरित नागरिकता विधेयक प्रमाणीकरण गरेको आरोप लगाएका छन् । संविधानको धारा ११३, ६१, ६६ धारामाथि टेकेर नेम्बाङले प्रमाणीकरण भइसकेको नागरिकताको विरुद्धमा बोल्दै आइरहेका छन् ।