नेपाल वायुसेवा युनिट ईन्चार्ज गगनबहादुर चन्दलाई कार्बाही स्वरुप ताप्लेजुङ विमानस्थल सरुवा
काठमाडौं । पर्यटन मन्त्री सुदन किँरातीले नेपाल वायुसेवाका युनिट ईन्चार्ज गगन बहादुर चन्दलाई कार्बाही गरेका छन् । जेठ १७ काठमाडौंबाट ताप्लेजुङ उडानका लागि नेपाल वायुसेवा निगमको टिकट काटी बोर्डिङ पास समेत लिएका बृद्ध ठाकुरसिंह भण्डारीलाई विमानस्थलबाट सिस्टममा नाम नभएको भन्दै घर फर्कापछि पर्यटनमन्त्री किँरातीले उनलाई कार्बाहीस्वरुप काठमाडौंबाट ताप्लेजुङ विमानस्थलमा सरुवा गरेका हुन् । अहिले यसवारे अनुसन्धान भईरहेको पर्यटनमन्त्री सुदन किँरातीले जानकारी दिए ।